शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

शेयर कारोबारमा ‘टी प्लस टु’ लागू हुने

आइतबार, माघ ४ २०७७

अब शेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र माघ ११ गतेदेखि २ दिनभित्र सम्पन्न हुने भएको हो ।  सीडीएस एन्ड क्लियरिङले (सीडीएससी)  र दलाल व्यवसायी बीच भएको सहमति अनुसार आगामी माघ ११ गतेदेखि टि प्लस टु लागु हुने भएको हो । ‘टी प्लस टु’ लागू भएपछि शेयर खरीदबिक्री गरेपछिको अर्को २ दिनभित्र अर्थात् टी प्लस टु मा राफसाफ गरिसक्नु पर्नेछ ।

 यो प्रणाली नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ चक्र दुई दिन कायम गर्ने बाटो यसअघि नै खोलिदिइसकेको छ । बोर्डले दुई दिनको राफसाफ चक्र कायम हुने गरी शंसोधनका लागि पेश गरेको विनियमावलीलाई स्वीकृति दिएको थियो । 

यसअघि नेपाल स्टक एक्सचेन्ज नेप्से र सीडीएस एन्ड क्लियरिङले संयुक्त रुपमा गरेको अध्ययनले पनि टी प्लस २ मा राफसाफ गर्न सकिने प्रतिवेदन बोर्डमा पु¥याएको थियो । सोही प्रतिवेदनको आधारमा नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको छ । 

बोर्डले निर्देशन दिइसकेका कारण अब माघ ११ गतेदेखि टी प्लास टु को सेटलमेन्ट शुरु गर्न सकिने अवस्थामा पुगेको सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिए ।  

यसअघि तीन दिनमा सेटलमेन्ट हुने गरेको अब तीन दिनमै सेयर खरिद–बिक्रीको राफसाफ भइसक्नु पर्नेछ । यसले बजारलाई थप चलायमान बनाउने विश्वास लिइएको छ । टि प्लस टु राफसाफ तथा फर्छ्यौट चक्र कार्यान्वयनमा आएपछि धितोपत्रको तरलता वृद्धि भई बजार थप गतिशिल हुने र लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने धितोपत्र बोर्डले बताएको छ । दोस्रो बजार प्रविधिमैत्री बनेकाले राफसाफ प्रक्रियालाई पनि छोट्याउन माग वर्षौंदेखि लगानीकर्ताले गर्दै आएका थिए ।