बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाली इतिहासमै अहिलेसम्मकै ठुलो आइपीओ आजबाट खुल्यो 

शुक्रबार, माघ २ २०७७

काठमाडौं । नेपालको सेयरबजारको प्राथमिक बजारमा अहिलेसम्मकै सबैभन्दा ठुलो साधारण सेयर (आइपीओ) आजबाट निस्काशन भएको छ।

पूर्वाधार तथा ठुला परियोजनामा लगानी गर्ने उदेश्यले स्थापना भएको नेपाल इन्फ्रास्ट्रकचर बैंकले आजदेखि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको हो।

जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ।

बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने छ । 

अहिले जुन अनुपातमा डिम्याट खाता खुलिरहेका छन् र खोल्ने क्रम पनि बढिरहेको छ।

पछिल्लो तथ्यांक हेर्दा डिम्याट खाता खोल्नेको संख्या झन्डै २५ लाख पुगेका छन्  यसमा केहि डुब्लिकेसनलाई घटाउँदा पनि कम्तिमा १२/१५ लाखले आइपीओ भर्ने सक्ने अवस्थामा छ।

यत्तिको डिम्याट खाताबाट आइपीओको लागि आबेदन आउँदा पनि एउटाले ५०/६० कित्ता पाउने अवस्था हुन्छ। 

आईपिओमा छिटोमा माघ ६ गतेसम्म र सो अवधिसम्ममा माग अनुसारको आवेदन नपरेको खण्डमा माघ १६ गतेसम्म आवेदन दिन सकिने छ ।  

आईपिओ निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।