शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भोलिदेखि सिनेमा घर खुल्दै

बिहिबार, माघ १ २०७७

 काठमाडाैँ – कोरोना संक्रमणको जोखिम बढेसँगै बन्द भएका सिनेमा घरहरु भोलि माघ १ गते देखि खुल्दै छन्। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना हुने गरी सिनेमा हलमा चलचित्र प्रदर्शन गर्न अनुमति दिएको जनाएको छ ।

सरकारले औपचारिक रुपमा हल खोल्ने निर्णय नगर्दा सिनेमाको सेन्सर प्रक्रिया र सेन्सर भएका सिनेमा पनि हलमा रिलिज हुन पाएका थिएनन् । सेन्सर भएका केही अंग्रेजी चलचित्रले ‘कि’ नपाउँदा अन्तिम समयमा प्रदर्शन रोक्नु परेको थियो ।

हल खोल्ने निर्णयसँगै सञ्चार मन्त्रालयले अनुगमनको जिम्मेवारी आफैंले लिने छ । चलचित्र विकास बोर्ड स्रोतले सञ्चार मन्त्रालयले आफैं समिति बनाएर अनुगमन गर्ने तयारी गरिरहेको जानकारी गरायो । हल खुल्ने निर्णयले सबैभन्दा ठूलो राहत शिव श्रेष्ठ निर्मित ‘एउटा यस्तो प्रेम कहानी’लाई भएको छ । फिल्म आउँदो बिहीबारबाट देशभर प्रदर्शन हुँदैछ ।