शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा उच्च अंकले बृद्धि, बाँणिज्य बैंक र होटल बाहेक सबै सुचक हरियो 

बुधबार, पुष २९ २०७७

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । आज बुुधबार नेप्से १८ दसमलव ८१ अंकले बढेर २२ सय ८६ दसमलव ५४ अंकमा चढेकोमा सेन्सिटिभ पनि एक दसमलव ९७ अंकले बढेर चार सय ३५ दसमलव २५ अंकमा चढेको छ । 

आज दुुई सय सात वटा कम्पनीहरुको ५० हजार नौ सय ५० पटकको कारोवारमा एक करोड ३२ लाख ८९ हजार आठ सय ४९ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम पाँच अर्ब ९१ करोड ४३ लाख ८९ हजार दुुई सय ६१ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा बाँणिज्य बैंक र होटल समुहले गुमाएपनि बाँकी समुहको सुचक बढेर हरियो भएको छ । 

ति मध्ये बिकास बैंक समुहको सुचक ३० दसमलव ७९ अंकले बढेर २३ सय ८७ दसमलव छ अंकमा पुुग्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ११ दसमलव १५ अंकले बढेर १० हजार छ सय ७६ दसमलव ८१ अंकमा पुगेको छ । 

यि बाहेक जलबिद्युुत, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुुबित्त र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।  

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मल्टीपर्पोस फिनान्स परेको छ । 

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल टेलिकम परेको छ ।