काठमाडौ । आज मंगलबार नेप्से उच्च अंकले बढेको छ । नेप्से आज २८ दसमलव ३१ अंकले बढेर २२ सय ६७ दसमलव ७३ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ८९ अंकले बढेर चार सय ३३ दसमलव २८ अंकमा चढेको छ ।
आज दुुई सय दुुई वटा कम्पनीहरुको ४५ हजार पाँच सय ६९ वटा कारोवारमा एक करोड ३५ लाख ३१ हजार दुुई सय २७ कित्ता सेयर किनबेच हुुंदा कारोवार रकम चार अर्ब ९८ करोड २३ लाख ९१ हजार आठ सय ९७ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा टे«डिङ समुहको सुचक घटेपनि बाँकी ११ वटा समुहको सुचक उच्च अंकले बढेकाछन ।
सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १५ दसमलव ५४ अंकले बढेर १७ सय ३७ दसमलव ७१ अंकमा पुुग्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, जलबिद्युुत, लघुुबित्त, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आईएमई जनरल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल हाईड्रो डेभलपर कम्पनी पहिलो स्थानमा परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा प्रिमियर इन्स्योरेन्स कम्पनी परेको छ ।