बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

डिशहोममा डिलर दाईको डिस्काउन्ट, विजेताले पाए १ लाख

शुक्रबार, पुष २४ २०७७

काठमाडौं । ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ योजनाअन्तर्गत लाइभ लक्की ड्रका भाग्यशाली विजेताले एक लाख प्राप्त गरेका छन् । 

धादिङ थाक्रेका स्थानीय मनोज रिजाललाई डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले एक लाखको चेक प्रदान गरेका छन् ।

डिशहोमका ग्राहक मनोज रिजाललाई एक बर्षको रिचार्ज गर्ने कोइराला इलेक्ट्रोनिक्सका डिलरदाईलाई पनि १० हजार प्रदान गरिएको डिसहोमले जनाएको छ । 

हरेक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रशारणमा गरिने लक्की ड्रमा डिशहोमको कुनैपनि प्याकेजमा बार्षिक रिचार्ज गर्ने र अनलाइन पेमेन्ट गेटवेबाट पाँच हजार भन्दा माथि रिचार्ज गर्ने ग्राहकहलाई सहभागी गराइने गरिएको डिशहोमले जनाएको छ ।

विजेताहरुलाई डिशहोमले पुरस्कार राशी घरमै गएर प्रदान गर्दै आइरहेको छ ।