काठमाडौं । काठमाडौं उपत्यकामा अहिले गत वर्षको जति पनि बिद्युतको माग छैन । तरपनि उपत्यकामा अहिले बिजुली काटिने समस्या छ । विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बिदाई भएसँगै यसले उचित नेर्तत्व पाउन सकेको छैन । जसका कारण उपभोक्ताले लाइन काटिने समस्या झेल्नु परेको छ ।
पूर्व कार्यकारी निर्देशक कुलमान समस्या आउने बित्तिकै तुुरुन्त फिल्डमा जान्थे । र आफ्नै संलग्नतामा त्यहाँको समस्या समाधान गर्थे । लोडसेडिङ हटाएका कुलमानलाई सधै आफ्नो साख जोगाउनका लागि भएपनि काम गर्ने सधै हुटहुटि थियो । तर, अहिलेको नेर्तत्वमा त्यसको अभाव छ।
प्राधिकरणका अनुसार अहिले उपत्यकाको कुल विद्युत माग ३ सय ५५ मेगावाटको हाराहारीमा छ । जबकी गत वर्ष यही समयमा ३ सय ९० मेगावाट माग थियो । गत वर्षभन्दा ला व्यलागि सहज स्थिती भएपनि नेर्तत्वको अभावमा आमउपभोक्ता भने पटक पटक बिजुली जाने समस्याबाट त्रसित हुनु परेको छ ।
गत मंसिर महिनामा मात्रै उपत्यकामा सात सय ९ पटक लाइन गएको छ । यसरी उपत्यकाका विभिन्न स्थान एक महिनामा झन्डै २२ घन्टा विद्युतको उपभोगबाट बञ्चित भएका छन् ।
प्राधिकरणका अनुसार गत मंसिरको एक महिनामा मात्रै सात सय ९ पटक लाइन गएको छ । ३ सय ६२ पटक सुचना बिनै र ३ सय ४७ पटक सुचना गरेरै प्राधिकरणले लाइन काटेको थियो । तर, प्राधिकरण भने वितरण प्रणाली स्तरोन्नती गर्ने क्रममा यसरी लाइन काटिएको दाबी गर्छ ।
मंसिर महिनामा मात्रै उपत्यकामा कुल २२ घन्टा लाइन गएको छ । तर प्राधिकरण भने गत वर्षको तुलनामा यो कम भएको दाबी गर्छ ।
गत वर्षको मंसिर महिनामा मात्रै ६५ घन्टा लाइन गएको प्राधिकरणको जिकिर छ । त्यस्तै गत वर्ष कुल १ हजार ६८ पटक लाइन गएको प्राधिकरणले बताएको छ । प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने स्थिती नरहेको बताएपनि आमउपभोक्ता भने बिश्वस्त हुन सकेका छैनन् ।
गत सोमबार दिउसो दुइबजे उपत्यकाको चपली, भक्तपुर, बानेश्वर, पाटन , बनेपा र चावाहिलमा झ्याप्प लाइन गएको थियो । जुन बिजुली नपुगेका कारण भन्दा पनि खिम्ती सबस्टेशनका प्राविधिकको कमजोरीका कारण झ्याप्प लाइन गएको थियो ।
प्राधिकरणका अनुसार खिम्ती लामो साघु प्रसारणलाइनबाट गत आइतबारसम्म १ सय ५ मेगावाट विद्युत प्रवाह गर्न सकिन्थ्यो । उपत्यकामा बढ्दै गएको बिजुली मागलाई उपलब्ध गर्न करेन्ट नामक उपकरण फेरेमा मात्रै १ सय २० मेगावाट विद्युत प्रवाह गर्न सकिने देखियो । तर प्राविधिकले सहि तरिकाले यस्तो उपकरण परिवर्तन गर्न नसक्दा उपत्यका लाइन बिहिन भयो ।
कुलमानले यस्ता कमजोरीमा मिहिन ढङ्गले अध्ययन गर्थे । र त्यसको समस्याको समाधान निकाल्थे । तर अहिले प्राधिकरण यसको अभावमा जनतालाई गुणस्तरीय बिजुली दिन सकेको छैन ।