काठमाडौं । नेप्सेको उच्च बृद्धिदर घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने छ दसमलव ३६ अंकले घटेर २१ सय ६९ दसमलव चार अंकमा झरेकोमा छ भने सेन्सिटिभ शुन्य दसमलव ७३ अंकले घटेर चार सय १५ दसमलव १५ अंकमा झरेको छ ।
दुुई सय दुुई वटा कम्पनीहरुको ४६ हजार एक पटकको कारोवारमा एक करोड १६ लाख ४३ हजार चार सय २९ कित्ता सेयर किनबेच हुुंदा कुुल कारोवार रकम पाँच अर्ब ९६ करोड १७ लाख ३३ हजार एक सय २२ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुुंदा छ वटा समुहको सुचक घटेर छ वटा समुहको सुचक बढ्दा सामुुहिक लगानी कोष समुहको सुचक स्थिर देखिएको छ । ति मध्ये आज बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव दुुई अंकले घटेर १६ सय ४४ दसमलव ९४ अंकमा झरेकोमा जीवन बीमा, टे«डिङ, लघुुबित्त, र होटल समुहको सुचक पनि घटेकाछन ।
बिकास बैंक समुहको समुहको सुचक भने आज आठ दसमलव ४२ अंकले बढेर दुुई हजार एक सय ८३ दसमलव ९७ अंकमा पुुगेको छ भने जलबिद्युुत, निर्जिवन बीमा, फाईनान्स र अन्य समुहको सुचक पनि बढेकाछन ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जानकी फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेशनल माईक्रो फाईनान्स लघुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।