शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा उछालः सुचक तथा कारोवार रकम दुुबै बढे 

आइतबार, पुष १९ २०७७

काठमाडौं । नेप्सेमा उछाल आएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से ८८ दसमलव १२ अंकले बढेर २१ सय ७५ दसमलव ३९ अंकमा चढेकोमा सेन्सिटिभ पनि १७ दसमलव १८ अंंकले बढेर चार सय १५ दसमलव ८८ अंकमा चढेको छ । 

आज दुुई सय १२ वटा कम्पनीहरुको ५४ हजार छ सय ९८ पटकको कारोवारमा एक करोड ४० लाख २६ हजार आठ सय ८६ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम छ अर्ब ३४ करोड ४० लाख १७ हजार आठ सय ८९ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा १२ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ७० दसमलव ९२ अंकले बढेर १६ सय ५६ दसमलव १४ अंकमा पुुग्दा बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।  

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो राधी जलबिद्युत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।