काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत ९सीईओ० को जिम्मेवारी हरिकृष्ण जोशीले पाएका छन्।
संस्थाको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले संस्थाका नायब सीईओ जोशीलाई निमित्त सीईओको जिम्मेवारी दिएको हो।
संस्थाका सीईओ किरण कुँवरको करार पदावधि हिजैबाट समाप्त भई अवकाश भएपछि जोशीलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सीईओको जिम्मेवारी दिइएको संस्थाले जनाएको छ।
सोही बैठकले जोशीलाई संस्थाको कम्पनी सचिवमा पनि नियुक्त गरेको छ।