काठमाडौ । साताको अन्तिम कारोवार दिन बिहिबार पनि नेप्से उच्च अंकले बढेको छ । नेप्से आज २५ दसमलव २१ अंकले बढेर दुुई हजार ८७ दसमलव २७ अंकमा चढ्दा सेन्सिटिभ पनि सात दसमलव चार अंकले बढेर तीन सय ९८ दसमलव ७० अंकमा चढेको छ ।
दुुई सय सात वटा कम्पनीहरुको ५० हजार तीन सय ८६ पटकको कारोवारमा एक करोड १४ लाख ६४ हजार दुई सय कित्ता सेयर किनबेच हुुंदा कारोवार रकम पाँच अर्ब ७० करोड ३४ लाख ६९ हजार आठ सय ३७ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार निर्जिवन बीमा समुहको सुचक घटेर रातो देखिपनि बाँकी समुहको सुचक बढेर हरियो देखिएको छ ।
सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३० दसमलव ५७ अंकले बढेर १५ सय ८५ दसमलव २२ अंकमा चढेको छ भने जलबिद्युुत समुहको सुचक पनि चार दसमलव आठ अंकले बढेर १५ सय ८२ दसमलव ६९ अंकमा चढेको छ ।
बिकास बैंक, लघुबित्त, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नारायाणी डेभलपमेन्ट बैंक परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।