काठमाडौ, पुुस १५
नेप्से एकै दिन ४९ अंकले बढेको छ । आज बुुधबार नेप्से ४९ दसमलव १७ अंकले बढेर दुुई हजार ६२ दसमलव छ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव ८६ अंकले बढेर तीन सय ९१ दसमलव ३० अंकमा चढेको छ । दुुई सय आठ वटा कम्पनीहरुको ३९ हजार नौ सय ३५ पटकको कारोवारमा ९९ लाख १० हजार तीन कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम चार अर्ब ४४ करोड ६२ लाख २२ हजार पाँच सय ७९ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुंदा होटल र बिकास बैंक समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक ३० दसमलव ६९ अंकले बढेर १५ सय ५४ दसमलव ६४ अंकमा चढेकोमा टे«डिङ, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, लघुुबित्त, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा साल्ट टे«डिङ कर्पोरेसन नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नाराणी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।