बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक युवक गम्भीर घाइते

बुधबार, कार्तिक १८ २०८३

काठमाडौं । रौतहटमा अज्ञात समूहले गोली प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहार हुँदा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका हुन् ।

गएराति सवा ९ बजे यादवमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोलीका छर्रा लागेर उहाँको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा दुई गरी ६ ठाउँमा चोट लागेको छ ।

घटनालगत्तै यादवलाई उद्धार गरी प्रादेशिक अस्पताल गौर पुर्‍याइएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ ।

यादवमाथि कसले र किन गोली प्रहार गरेको भन्नेबारे खुल्न सकेको छैन । घटनामा संलग्न व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।