काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारका लागि विभिन्न तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४५ रुपैयाँ रहेको छ।
आलु रातो (लाम्चो), रातो आलु (गोलो) र रातो आलु (मुडे) प्रतिकिलो ५५ रुपैयाँ तोकिएको छ। भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ रहेको छ। त्यस्तै, भारतीय सुकेको प्याज ८५ रुपैयाँ, स्थानीय गाजर ९० रुपैयाँ र तराई गाजर ७० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।
बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ३० रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ रहेको छ। घिउ सिमी (लोकल र हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ तोकिएको छ।
त्यसैगरी, टाटे सिमी प्रतिकिलो ६० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ७० रुपैयाँ र लौका ४० रुपैयाँ रहेको छ।
सागसब्जीतर्फ रायोको साग प्रतिकिलो ३० रुपैयाँ, पालुङ्गो साग ८० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज २०० रुपैयाँ तोकिएको छ।
च्याउतर्फ कन्य च्याउ प्रतिकिलो ९० रुपैयाँ, डल्ले च्याउ १६० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ रहेको छ। यस्तै, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली २५० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ प्रतिकिलो रहेको समितिले जनाएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, मुस्ताङको स्याउ २०० रुपैयाँ र जुम्लाको स्याउ २५० रुपैयाँ तोकिएको छ। नेपाली केरा र मालभोग केरा प्रतिदर्जन १०० रुपैयाँ तथा कागती प्रतिकिलो २०० रुपैयाँ रहेको छ। अनार प्रतिकिलो ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
समितिले सार्वजनिक गरेको उक्त मूल्यसूची थोक मूल्यमा आधारित रहेको छ। खुद्रा बजारमा भने मूल्य केही फरक हुन सक्नेछ।