मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

काठमाडौंका यी क्षेत्रमा आज तीन घण्टा विद्युत् अवरुद्ध हुने

मंगलबार, कार्तिक १७ २०८३

काठमाडौं । चाबहिल सबस्टेसनमा मर्मतसम्भार गर्नुपर्ने भएपछि काठमाडौंका विभिन्न क्षेत्रमा आज तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भारका लागि बिहान ५ बजेदेखि ८ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ।

विद्युत् आपूर्ति प्रभावित हुने क्षेत्रहरूमा चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत आसपासका क्षेत्र रहेका छन्।

प्राधिकरणले निर्धारित समयभन्दा अगावै मर्मतसम्भारको काम सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार नियमित गरिने जनाएको छ।

मर्मतसम्भारका क्रममा ग्राहकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।