नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन ३३ दशमलव २९ अंकले बढेको नेप्से आज पुन ३१ दशमलव ५४ अंकले बढेर २६ सय ९५ दशमलव ६० अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४१ अंकले बढेर चार सय ८८ दशमलव २१ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ५० वटा कम्पनीहरुको ६९ हजार छ सय १९ पटकको कारोबारमा दुई करोड ३२ लाख ५८ हजार नौं कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम आठ अर्ब ५७ करोड ९८ हजार आठ सय २३ रुपैंयाँ बराबरको शेयर किनबेच भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ३६ दशमलव २० अंकले बढेर १६ सय १८ दशमलव २२ अंकमा पुगेकोमा बिकास बैक समुहको सुचक पनि ८५ दशमलव ११ अंकले बढेर पाँच हजार पाँच सय ६४ दशमलव ८७ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ३७ दशमलव ७० अंकले बढेर २२ सय ५८ दशमलव ९७ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि १३ दशमलव ४४ अंकले बढेर तीन हजार सात सय १८ दशमलव १५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८२ दशमलव ७८ अंकले बढेर १२ हजार ८६ दशमलव ४६ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि १२ दशमलव ८६ अंकले बढेर नौं हजार पाँच सय ५९ दशमलव ९४ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः एक सय ४२ दशमलव ३९, शुन्य दशमलव २३, ५५ दशमलव ७०, २४ दशमलव ५२, शुन्य दशमलव शुन्य चार, ४३ दशमलव ९३ र शुन्य दशमलव ९७ अंकले बढेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेड पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने घलेम्दी हाईड्रोपावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।