काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बूढानीलकण्ठस्थित लामिछाने निवासमा चार घण्टा लामो भेटवार्ता भएको छ।
बुधबार बिहान भएको भेटवार्तामा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसमेत सहभागी थिए। भेटमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्ति, निजामती कर्मचारीसम्बन्धी अध्यादेश तथा विभिन्न विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायत विषयमा गम्भीर छलफल भएको बताइएको छ।
सरकार सञ्चालन, प्रशासनिक नियुक्ति र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको भनिएको उक्त भेटवार्तामा भएका छलफलका विषयमा भने प्रधानमन्त्री शाह र सभापति लामिछाने दुवै पक्षले औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्।
चार घण्टासम्म चलेको भेटवार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। यद्यपि, छलफलमा उठेका विषय, सम्भावित निर्णय र त्यसको निष्कर्षबारे आधिकारिक विवरण सार्वजनिक नभएकाले भेटको परिणामबारे स्पष्ट हुन बाँकी छ।