काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन्।
पार्टीका अनुसार बैठकमा समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल हुने भएको छ।
सचिवालय बैठक आज बिहान ११ बजे रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बस्ने बताइएको छ।