बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

माथिल्लो त्रिशूली थ्री ‘ए’को टनेलबाट ६ शव निकालियो

शुक्रबार, असोज २ २०८३

काठमाडौं । माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको टनेलबाट ६ वटा शव निकालिएको छ।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार टनेलमा ढलानका लागि बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ शव फेला परेका हुन्।

शव निकाल्ने तथा खोजी कार्यमा सुरक्षाकर्मीका साथै आयोजनाका प्रतिनिधिहरू पनि परिचालित छन्। टनेलको भित्री भागमा समेत थप शवजस्तो आकृति देखिएको बताइएको छ।

थप शवको अवस्था यकिन गर्न खोजी तथा उद्धार कार्य जारी रहेको छ।