काठमाडौँ । सङ्घीय संसद्को राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्नेछ।
सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ।
त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला, शिक्षा तथा खेलकुद र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले न्याय परिषद् र न्याय सेवा आयोगका आर्थिक वर्ष २०८०/८१ तथा २०८१/८२ का वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
आजको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर, वार्षिक प्रतिवेदन र कानुन निर्माणसँग जोडिएको सङ्कल्प प्रस्ताव मुख्य विषयका रूपमा रहनेछन्।