बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

ऋषिपञ्चमीमा आँधीखोलामा स्नान गर्ने क्रममा महिलाको मृत्यु

मंगलबार, भाद्र ३० २०८३

स्याङ्जा  ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा स्याङ्जामा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वालिङ नगरपालिका–९, भूम्रेकी ५३ वर्षीया माया पाण्डे रहेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

उनका अनुसार आज बिहान भूम्रेस्थित आँधीखोलामा स्नान गर्ने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो । उनलाई वडा प्रहरी कार्यालय वालिङका सुरक्षाकर्मी, जनप्रतिनिधि तथा स्थानीयवासीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब चार किलोमिटर तल वालिङ–१३ स्थित शान्तिघाटमा ढुङ्गामा अड्किएको अवस्थामा मृत फेला पारिएको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।