बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एमालेमा प्रतिवेदनमाथि घम्साघम्सी, आज फेरि बस्दै निर्वाचन समीक्षा कार्यदलको बैठक

शनिबार, भाद्र २७ २०८३

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज (शनिबार) पनि बस्ने भएको छ।

कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतका अनुसार आजको बैठकमा कार्यदलले तयार पारेका प्रतिवेदनमाथि थप छलफल हुनेछ। छलफलपछि एउटै साझा प्रतिवेदन तयार गर्ने तयारी गरिएको छ।

कार्यदलको बैठक शुक्रबार पार्टी कार्यालय च्यासलमा संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको थियो। उक्त बैठकमा संयोजक थापा र सदस्यसचिव शङ्कर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए।

शुक्रबारको बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी त्यसका आधारमा साझा धारणा बनाउने विषयमा छलफल भएको थियो। कार्यदलले दुवै प्रतिवेदनका विषयवस्तु समेटेर पार्टी नेतृत्वसमक्ष पेस गर्ने गरी एउटै प्रतिवेदन तयार गर्ने तयारी गरेको हो।

आजको बैठकमा प्रतिवेदनमा समेटिएका विषय, निर्वाचन