चितवन । भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान विद्युतीय कार (इभी)मा आगलागी हुँदा चालकको मृत्यु भएको छ।
आगलागीमा परी चालकको शरीर जलेका कारण मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बा।प्र।०१–०३० च ५५७९ नम्बरको इभीमा आज बिहान आगलागी भएको हो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि कार पूर्ण रूपमा जलेर नष्ट भएको उनले जानकारी दएि ।
मृतकको पहिचान तथा आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।