शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भोटेकोशी बाढी : राहत र उद्धारबारे सरकारको ध्यानाकर्षण गराउँदै विपक्षी दल

बिहिबार, भाद्र २५ २०८३

काठमाडौं । विपक्षी दलहरूले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा सरकारले गरिरहेको खोज, उद्धार तथा राहतका कामबारे गम्भीर चासो व्यक्त गर्दै थप प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन्।

नेपाली कांग्रेसले बिहीबार सिंहदरबारमा बोलाएको विपक्षी दलहरूको बैठकले बाढी प्रभावितको वर्तमान अवस्था तथा हालसम्म भएका सरकारी कामकारबाहीबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

बैठकपछि नेकपा एमालेकी उपनेता पद्मा अर्यालले भोटेकोशी बाढीको विषयमा संसदमा समेत आवाज उठाउने र प्रभावित क्षेत्रमा भइरहेको कामलाई थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिइन्।

उनका अनुसार अहिलेसम्म सरकारले सञ्चालन गरेका खोज, उद्धार र राहतका कार्यप्रति धन्यवाद व्यक्त गर्ने निर्णयसमेत बैठकले गरेको छ। साथै, बाढी प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न विशेष ध्यान दिन सरकारसँग आग्रह गरिएको छ।

विपक्षी दलहरूले प्रभावित नागरिकका लागि गाँस, बास र कपासको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। बाढीका कारण समस्यामा परेका नागरिकको राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्न सरकारलाई दबाब दिने उनीहरूको निष्कर्ष छ।

बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति, प्रभावितको अवस्था तथा उद्धार र राहतका क्रममा भइरहेका कामबारे छलफल भएको थियो।