शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आज ‘जेन्जी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा

मंगलबार, भाद्र २३ २०८३

काठमाडौं । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदैछ। गत भदौ २३ गते भएको ‘जेन्जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झना तथा सम्मानमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

‘जेन्जी’ आन्दोलनले मुलुकको राजनीतिक परिस्थितिमा ठूलो उथलपुथल ल्याएको थियो। आन्दोलनपछि तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।

आन्दोलनका क्रममा ज्यान गुमाउनुभएका युवाहरूको योगदान र बलिदानको सम्मानस्वरूप सरकारले २३ भदौलाई ‘जेन्जी’ सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको हो।

यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘जेन्जी’ आन्दोलनमा ज्यान गुमाएका युवाहरूको सम्झना तथा सम्मानमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

सार्वजनिक बिदाका कारण आज देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय तथा अधिकांश शैक्षिक संस्थाहरू बन्द रहनेछन्।