काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापति नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले सिजापतिलाई चार वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो।
सिजापति चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत हुन्। वित्तीय व्यवस्थापन, बैंकिङ तथा लेखा क्षेत्रमा उनको अनुभवलाई सांग्रिला डेभलपमेन्ट बैंकको नेतृत्वका लागि महत्वपूर्ण मानिएको छ।
नवनियुक्त सीईओ सिजापतिको नेतृत्वमा बैंकले आफ्नो सेवा विस्तार, वित्तीय सबलीकरण तथा संस्थागत विकासलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।