काठमाडौँ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरिएको छ।
सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र रहेका सञ्जय साहको जीवितै उद्धार गरिएको हो।
उनका अनुसार सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि रहेको जानकारी प्राप्त भएको छ। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
भोटेकोशी बाढीका कारण क्षतिग्रस्त आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेनासहितका सुरक्षा टोली परिचालन गरिएको छ।