काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बुधबार बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।
प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री शाहले रसुवामा आएको विनाशकारी बाढी, त्यसबाट भएको क्षति तथा सरकारले गरिरहेको उद्धार, राहत र व्यवस्थापनका कामबारे जानकारी दिने तय भएको छ।
सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार प्रधानमन्त्रीले बैठकमा बाढी प्रभावित क्षेत्रमा सरकारबाट भइरहेका काम तथा पछिल्लो अवस्थाबारे सांसदहरूलाई जानकारी गराउनेछन्।