शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रसुवा बाढीमा १ हजार ११४ जनाको मृत्यु, ३ हजार ९१६ जना अझै सम्पर्कविहीन

बुधबार, भाद्र १७ २०८३

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवासहित बाढी प्रभावित क्षेत्रमा हालसम्म १ हजार ११४ जनाको मृत्यु भएको छ। अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन्।

प्राधिकरणका प्रवक्ता शान्ति महतले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, गोरखामा ६६, तनहुँमा ३५, नवलपरासी पूर्वमा १७७, नवलपरासी पश्चिममा १९० र चितवनमा ३४८ जनाको शव प्राप्त भएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा ३७ ट्रक तथा ३७ वटा साना सवारीसाधनमार्फत अत्यावश्यक खाद्य सामग्री पठाइएको छ। हेलिकप्टरबाट समेत प्रभावित परिवारका लागि राहत सामग्री पुर्‍याइएको छ।

बाढी प्रभावित १५ स्थानीय तहलाई सरकारले हालसम्म ६ करोड ७५ लाख रुपैयाँ नगद राहत निकासा गरेको छ।

त्यस्तै, रसुवा, नुवाकोट र धादिङमा इन्धन तथा सञ्चार सेवा पुनः सञ्चालनका लागि आवश्यक व्यवस्थापन भइरहेको प्राधिकरणले जनाएको छ।