शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार 

बुधबार, भाद्र १७ २०८३

नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ ।

मंगलबार साँझ ७ बजेसम्म नेपाली सेनाले हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार गरेको छ । हालसम्म हवाई माध्यमबाट २७३ जना विदेशी नागरिकसहित ३ हजार ८९१ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।

सेनाका अनुसार धुन्चे, कोलोनी, बेत्रावती र त्रिशूली–३एमा गरी २ हजार ५ सय केजी राहत सामग्री हवाई माध्यमबाट ढुवानी गरिएको छ ।

चिलिमे हाइड्रोमा विदेशीसहित २६ जनाको संयुक्त खोज तथा उद्धार टोली टनेलभित्र करिब १५० मिटर प्रवेश गरे पनि त्यसपछि भिरालो भाग सुरु भएको र टनेल पूर्ण रूपमा पुरिएको अवस्थामा फेला परेको सेनाले जनाएको छ ।

त्यस्तै, अपर त्रिशूली–१ को हाँकूमा संयुक्त टोली करिब १६० मिटरभित्र पुगेपछि टनेल टालिएको अवस्थामा फेला परेको सेनाले जनाएको छ ।

त्रिशूली–३एमा टनेल हेड पहिचान गरी तीन वटा एक्स्काभेटरमार्फत माटो हटाउने काम भइरहेको छ। कम्प्रेसर र रक ब्रेकर प्रयोग गरी इनलेट टनेलमा बनाइएको होलबाट अत्यधिक पानी आएको र उक्त स्थानबाट प्रवेश गर्न असम्भव देखिएपछि आउटलेटतर्फबाट पुनः होल पार्ने काम जारी छ ।