बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

शुक्रबार, भाद्र १२ २०८३

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार ठूलो नेपाली गोलभेँडाको प्रतिकिलो मूल्य ८० रुपैयाँ र भारतीय ठूलो गोलभेँडाको ९० रुपैयाँ कायम भएको छ। स्थानीय सानो गोलभेँडा प्रतिकिलो ४५ रुपैयाँ, टनेलको ६५ रुपैयाँ र भारतीय सानो गोलभेँडा ५० रुपैयाँ निर्धारण गरिएको छ।

आलु रातो लाम्चो प्रतिकिलो ५१ रुपैयाँ, रातो गोलो र मुडे आलु ५३–५३ रुपैयाँ तथा भारतीय रातो आलु र सेतो आलु प्रतिकिलो ४० रुपैयाँ कायम भएको छ। भारतीय सुकेको प्याजको मूल्य प्रतिकिलो १०० रुपैयाँ तोकिएको छ।

तरकारीतर्फ स्थानीय गाजर प्रतिकिलो १२० रुपैयाँ, तराईको गाजर ८० रुपैयाँ, स्थानीय बन्दा ४० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, रातो मूला ३० रुपैयाँ र सेतो हाइब्रिड मूला ३५ रुपैयाँ निर्धारण गरिएको छ। लाम्चो भन्टा प्रतिकिलो ३० रुपैयाँ र डल्लो भन्टा ४० रुपैयाँ कायम भएको छ।

बोडी तने र मकै बोडी प्रतिकिलो १००–१०० रुपैयाँ, स्थानीय र हाइब्रिड घिउ सिमी ९०–९० रुपैयाँ तथा टाटे सिमी ८० रुपैयाँ तोकिएको छ। भटमासको कोसा प्रतिकिलो १४० रुपैयाँ, तीते करेला ५० रुपैयाँ, लौका ६० रुपैयाँ र परवर स्थानीय तथा तराई दुवैको प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चिचिण्डो र घिरौँला प्रतिकिलो ३०–३० रुपैयाँ, झिगुनी ७० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो फर्सी ५० रुपैयाँ, भिन्डी ५० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु ७० रुपैयाँ र स्कुस ४५ रुपैयाँ निर्धारण गरिएको छ।

सागसब्जीतर्फ रायोसाग र तोरीको साग प्रतिकिलो १००–१०० रुपैयाँ तथा पालुङ्गो १५० रुपैयाँ तोकिएको छ। हरियो प्याज प्रतिकिलो २०० रुपैयाँ, कन्य च्याउ २६० रुपैयाँ, डल्ले च्याउ ६०० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो एक हजार रुपैयाँ कायम भएको छ।

कुरिलो प्रतिकिलो ५०० रुपैयाँ, न्यूरो १०० रुपैयाँ, ब्रोकाउली १५० रुपैयाँ, चुकन्दर ७० रुपैयाँ, सजीवन २५० रुपैयाँ र रातो बन्दा ६० रुपैयाँ निर्धारण गरिएको छ। जिरीको साग र सेलरी प्रतिकिलो ५००–५०० रुपैयाँ तथा पार्सलेको मूल्य एक हजार ८०० रुपैयाँ कायम भएको छ। पुदिना प्रतिकिलो ७०० रुपैयाँ, सौफको साग १५० रुपैयाँ, गान्टेमूला १५० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा र तोफु १६०–१६० रुपैयाँ, गुन्द्रुक ३५० रुपैयाँ तथा रुख टमाटर ३०० रुपैयाँ तोकिएको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, नेपाली केरा दर्जनको ३०० रुपैयाँ र मालभोग केरा दर्जनको २०० रुपैयाँ निर्धारण गरिएको छ। कागती, अनार र मालदह आँप प्रतिकिलो ३००–३०० रुपैयाँ तथा चोसा आँप २५० रुपैयाँ कायम भएको छ।

तरबुजा प्रतिकिलो ६० रुपैयाँ, जुनार २०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ र स्थानीय काँक्रो प्रतिकिलो ५० रुपैयाँ तोकिएको छ। हाइब्रिड काँक्रो प्रतिकिलो २० रुपैयाँ, लोकलक्रस काँक्रो ५० रुपैयाँ, रुखकटहर ५० रुपैयाँ, स्थानीय नास्पाती १०० रुपैयाँ र चाइनिज नास्पाती २५० रुपैयाँ कायम भएको छ।

नेपाली मेवा प्रतिकिलो ८० रुपैयाँ र भारतीय मेवा १०० रुपैयाँ तोकिएको छ। लप्सी प्रतिकिलो ५० रुपैयाँ, किबी ४०० रुपैयाँ, एभोकाडो २५० रुपैयाँ, अमला २०० रुपैयाँ तथा काँचो नरिवल ८० रुपैयाँ कायम भएको छ। हरियो नरिवलको मूल्य प्रतिकिलो १७० रुपैयाँ तोकिएको छ।

ड्रागन फ्रुट प्रतिकिलो ५०० रुपैयाँ र अदुवा ३०० रुपैयाँ कायम भएको छ। सुकेको खुर्सानी प्रतिकिलो ५५० रुपैयाँ तोकिँदा हरियो लाम्चो र बुलेट खुर्सानीको मूल्य ६०–६० रुपैयाँ तथा माछे खुर्सानी ५० रुपैयाँ रहेको छ। अकबरे खुर्सानी प्रतिकिलो ३०० रुपैयाँ र भेडे खुर्सानी ५० रुपैयाँ निर्धारण गरिएको छ।

हरियो लसुन प्रतिकिलो २०० रुपैयाँ र हरियो धनियाँ ५०० रुपैयाँ कायम भएको छ। चिनियाँ सुकेको लसुन प्रतिकिलो २२० रुपैयाँ र नेपाली सुकेको लसुन २०० रुपैयाँ तोकिएको छ। सुकेको र हरियो छ्यापी प्रतिकिलो २००–२०० रुपैयाँ निर्धारण गरिएको छ।

समितिले सुकेको माछाको प्रतिकिलो मूल्य एक हजार रुपैयाँ तोकेको छ। ताजा राहु माछा प्रतिकिलो ३७० रुपैयाँ, बचुवा ३४० रुपैयाँ र छडी माछा ३५० रुपैयाँ कायम भएको छ।