काठमाडौँ । रसुवा बाढीमा परेकामध्ये विभिन्न आठ जिल्लाबाट हालसम्म ४६९ जनाको शव फेला परेको छ।
शुक्रबार बिहान ७ बजेसम्मको नेपाल प्रहरीको बुलेटिनअनुसार बाढीबाट प्रभावित विभिन्न स्थानमा खोज तथा उद्धारका क्रममा उक्त सङ्ख्यामा शव फेला परेको हो।
प्रहरीका अनुसार सबैभन्दा बढी चितवनमा १७८ जनाको शव फेला परेको छ। त्यसैगरी नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।
बाढीको उद्गमस्थल रसुवामा भने हालसम्म १२ जनाको शव फेला परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।