शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह विदुर पुगे

बिहिबार, भाद्र ११ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण तथा खोज र उद्धार कार्यलाई प्रभावकारी बनाउन नुवाकोटको विदुर पुगेका छन्।

प्रधानमन्त्री शाह बिहीबार दिउँसो सडकमार्गबाट विदुर पुगेका हुन्। उनी विदुर नगरपालिकास्थित श्री नम्बर १ सैन्य तालिम केन्द्रमा प्रशासन तथा सुरक्षा निकायका प्रमुखसँग बाढीबाट भएको क्षति र उद्धार अवस्थाबारे ‘ब्रिफिङ’मा सहभागी भएका छन्।

छलफलमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर तथा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल पनि सहभागी छन्।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले प्रधानमन्त्री शाहसहित उपस्थित अधिकारीहरूलाई बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, बेपत्ताको खोजी र जारी उद्धार कार्यबारे जानकारी गराएका छन्।

प्रधानमन्त्रीको टोलीले प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिरहेको छ।