शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भोटेकोशी बाढीबारे फैलिएका दाबी ‘फेक न्युज’ भएको चिनियाँ दूतावासको खण्डन

बिहिबार, भाद्र ११ २०८३

काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासले रसुवाको भोटेकोशी बाढीबारे सामाजिक सञ्जालमा फैलिएका दुई दाबीलाई ‘फेक न्युज’ भन्दै खण्डन गरेको छ।

दूतावासले चीनले नेपाललाई पूर्वसूचना नदिएका कारण ठूलो जनधनको क्षति भएको र चीनतर्फको बाँध भत्किएर बाढी आएको भन्ने दाबी पूर्णतः गलत रहेको स्पष्ट पारेको हो।

दूतावासका अनुसार अचानक गेग्रानसहित आएको बाढीले नेपाल र चीनतर्फको सीमा क्षेत्रमा ठूलो क्षति पुर्‍याएको हो। बाढीको कारणबारे प्रारम्भिक विश्लेषणमा हिमपहिरो तथा त्यसबाट बनेको पानीको प्रवाहसँग सम्बन्धित प्राकृतिक घटनालाई मुख्य कारण मानिएको छ।

विपद्को समयमा आरोप–प्रत्यारोपभन्दा सहकार्य र समन्वयमार्फत उद्धार तथा राहतमा जुट्न दूतावासले आग्रह गरेको छ। दुवै देशका सीमावर्ती क्षेत्रमा प्रभावितको खोज, उद्धार र राहतका लागि सहयोग तथा समन्वय आवश्यक रहेको दूतावासले जनाएको छ।