शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भोटेकोशी बाढीमा दोलखाका ५० भन्दा बढि बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बिहिबार, भाद्र ११ २०८३

रसुवागढी र आसपासको क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी दोलखाका जिल्लाका ५० भन्दा बढि नागरिक बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । हालसम्म प्राप्त विवरणअनुसार उनीहरू बाढीपछि सम्पर्कविहीन भएको स्थानिय प्रहरी प्रशाशनले जानकारी दिएको छ।

बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा स्थानीयवासीलाई आवश्यक पहल गरिदिन परिवारले आग्रह गरेका छन् ।

बेपत्ता व्यक्तिका परिवारजनलाई भरपर्दो सूचना नआएसम्म नआत्तिई धैर्य गर्न अनुरोध गरिएको छ ।

प्राप्त विवरणअनुसार बेपत्ता हुनेहरूमा भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका, गौरीशङ्कर गाउँपालिका, कालिञ्चोक गाउँपालिका, शैलुङ गाउँपालिका, वैतेश्वर गाउँपालिकाका नागरिक रहेका छन् ।

बेपत्ता भएका भनिएका व्यक्तिहरूको नामावली:

भीमेश्वर नगरपालिका
सुदर्शन चौलागाँई – भीनपा–४, जिलु
सुबिन्द्र नेपार्ली – भीनपा–४, जिलु
सिताराम श्रेष्ठ – भीनपा–५
दिनेश कार्को – भीनपा–५
प्रकाश मोक्तान – भीनपा–७
मिना साह – भीनपा–७
हरि ढकाल – भीनपा–८
रिकेस बस्नेत – भीनपा–८
राजकुमार लामा – भीनपा–९

जिरी नगरपालिका
प्रकाश तामाङ – जिरी–७
विजय खत्री – जिरी–७
दान बहादुर तामाङ – जिरी–९
भिम बहादुर तामाङ – जिरी–९
पेम्बा घिसिङ – जिरी–९
बाघ बहादुर तामाङ – जिरी–९

तामाकोशी गाउँपालिका
युवराज तामाङ – तामाकोशी–२
दिपेन्द्र बजगाई – तामाकोशी–५, शहरे
सुबास फुयाँल – तामाकोशी–६, च्यामा

मेलुङ गाउँपालिका
रामशरण रसाईली – मेलुङ–१
मैयाँ दाहाल बिमली – मेलुङ–१
सन्जिब भुजेल – मेलुङ–१
सन्तोष थपलिया – मेलुङ–१
शिशिर भुजेल – मेलुङ–१
अनुज नेपाल – मेलुङ–१
राजन कार्की – मेलुङ–५

गौरीशङ्कर गाउँपालिका
केदार कार्की – गौरीशङ्कर–२,
कमल खड्का – गौरीशङ्कर–२,
तिलक नेपाली – गौरीशङ्कर–२
गोपि नेपाली – गौरीशङ्कर–२
कृष्ण खत्री – गौरीशङ्कर–५

आङछिरिङ शेर्पा – गौरीशङ्कर–८
सुदिप तामाङ गौरीशङ्कर–८

 

कालिञ्चोक गाउँपालिका
देवीकुमारी गुरुङ – कालिञ्चोक–१
सोनाम पाख्रिन – कालिञ्चोक–१
सविन थामी – कालिञ्चोक–४
रन्जित थामी – कालिञ्चोक–४
कृष्ण थामी – कालिञ्चोक–४
विक्रम खड्का – कालिञ्चोक–७

सुदिप नेपाली

राजेस थामी

समीर बुढाथोकी

शैलुङ गाउँपालिका
कृष्ण श्रेष्ठ – शैलुङ–३
रोहित कार्की – शैलुङ–५
गोपाल थामी – शैलुङ–७

वैतेश्वर गाउँपालिका
सुजन श्रेष्ठ – वैतेश्वर–१
सुरेश घिसिङ – वैतेश्वर–२
नर बहादुर तामाङ – वैतेश्वर–३
जगत पाख्रिन – वैतेश्वर–३
शंकर दाहाल – वैतेश्वर–६, नाम्दु
रुद्र बहादुर खड्का – वैतेश्वर–७
हरि बहादुर श्रेष्ठ – वैतेश्वर–८

उक्त विवरण प्रारम्भिक भएकाले खोजी तथा उद्धारको क्रममा बेपत्ता व्यक्तिको संख्या वा विवरणमा थपघट हुन सक्ने जनाइएको छ । सम्बन्धित निकायबाट प्राप्त आधिकारिक तथा पछिल्लो विवरणलाई आधार मानी थप सूचना सार्वजनिक गरिने बताइएको छ।

त्यस्तै इश्वर कार्की–जफे, जनक जिरेल गौरीशंखर–१, पुस्कर जिरेल–गौरीशंखर–१, कुमार वस्नेत गौरीशंखर–१, पुजन श्रेष्ठ – वैतेश्वर–१ लगायत सम्पर्कमा आएका छन् । उनीहरुको उद्धारको निम्ति निरन्तर पहल भइरहेको प्रतिनिधि सभा सदस्य स्मृति सेन्चुरीले जानकारी दिएका छिन्।

हाल घाइते भएकाहरूलाई प्राथमिकता दिई उद्धार कार्य निरन्तर रूपमा अघि बढिरहेको प्रशासनबाट जानकारी प्राप्त भएको छ।