शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

रविले बोलाए सर्वदलीय बैठक

बिहिबार, भाद्र ११ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको क्षति, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।

रास्वपा सचिवालयका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ।

तिब्बततर्फबाट आएको बाढीले बुधबार रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीका कारण भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका बस्तीसमेत प्रभावित भएका छन्।

हाल प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ।