शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

बिहिबार, भाद्र ११ २०८३

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीका अनुसार मृतकमध्ये ३४ महिला, ६३ पुरुष, छ बालिका र सात बालक रहेका छन् भने ४७ जनाको पहिचान खुल्न बाँकी छ।

बाढीपछि विभिन्न जिल्लामा शव फेला पर्ने क्रम जारी रहेको छ। रसुवामा तीन पुरुषको शव भेटिएको छ भने नुवाकोटमा छ महिला र सात पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा पहिचान नखुलेका छ जनाको शव भेटिएको छ। त्यसैगरी गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान नखुलेका आठ जनाको शव फेला परेको छ।

चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ। तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक तथा पहिचान नखुलेका एक जनाको शव फेला परेको छ।

यस्तै, नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक तथा पहिचान नखुलेका चार जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।