काठमाडौँ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो अलैहिवसल्लमको १५०१औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
मुस्लिम समुदायका सन्देष्टाका रूपमा मानिने पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। पछि उनी मदिना गएको थियो। उनको जन्मको ५३ वर्षपछि इस्लामिक पात्रो हिजरी संवत् सुरु भएको मानिन्छ। हाल हिजरी संवत् १४४८ चलिरहेको छ।
मुस्लिम समुदायका अनुसार पैगम्बर मोहम्मदले दिएको उपदेशका क्रममा पवित्र कुरान अवतरित भएको विश्वास गरिन्छ। मक्का र मदिनालाई इस्लाम धर्मावलम्बीले प्रमुख तीर्थस्थलका रूपमा मान्दै आएका छन्। मुस्लिम धर्मावलम्बीले जीवनमा कम्तीमा एकपटक मक्का पुगेर हज गर्ने धार्मिक मान्यता रहेको छ।
इस्लाम धर्ममा महत्वपूर्ण योगदान गरेका पैगम्बर मोहम्मदका उपदेश तथा शिक्षाको स्मरण गर्दै जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ।
जन्मजयन्तीका अवसरमा आज काठमाडौँमा ¥याली, सभा तथा धार्मिक कार्यक्रम आयोजना हुँदैछन्। नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ।