काठमाडौँ, । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको छ।
बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता बैठकमा प्रस्तुत गर्नेछन् ।
आजै विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।