शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो बस्ने

मंगलबार, भाद्र ९ २०८३

काठमाडौं । प्रतिनिधि सभाको आज (मंगलबार)का लागि तय गरिएको बैठक स्थगित भएको छ ।

संसद् सचिवालयले जारी गरेको सूचना अनुसार, आज दिउँसो १ बजे बस्नेगरी निर्धारण भएको बैठक स्थगित गरिएको हो ।

सभामुख डोलप्रसाद अर्यालले बैठक भोलि बुधबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।