काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेललाई भदौ २५, २६ र २७ गते केन्द्रीय कमिटी बैठक बोलाउन निर्देशन दिएका छन्।
अध्यक्ष ओलीले सोमबार गुण्डुबाट फोनमार्फत महासचिव पोखरेललाई केन्द्रीय कमिटी बैठक बोलाउन निर्देशन दिएका हुन्।
अध्यक्षको निर्देशनपछि महासचिव पोखरेलले बैठकअघि गर्नुपर्ने तयारी र छलफलका विषयमा ओलीसँग प्रस्ताव गरेका छन्। उनले अध्यक्ष ओलीसँग प्रत्यक्ष भेटेर कार्यदल र सचिवालयको बैठक बसेपछि मात्र केन्द्रीय कमिटी बैठक बोलाउनु उचित हुने धारणा राखेका हुन्।
पार्टी पुनर्गठनका लागि गठन भएको कार्यदलको बैठक पहिले बस्नुपर्ने र त्यसपछि सचिवालय बैठक बोलाउनुपर्ने प्रस्ताव पोखरेलले ओलीसमक्ष राखेका छन्।
कार्यदल र सचिवालयमा आवश्यक छलफल तथा निर्णय भएपछि मात्रै केन्द्रीय कमिटी बैठक बोलाउँदा उपयुक्त हुने महासचिव पोखरेलको प्रस्ताव रहेको बताइएको छ।