काठमाडौं । सभामुख डिपी अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा र रास्वपा सांसद इन्दिरा रानामगरले संसद्मा बोलेका शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
सांसदद्वयले संसद्मा अमर्यादित तथा अनावश्यक शब्दहरू बोलेको भन्दै अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन्।
सांसद मगरले बोलेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ र बादलले प्रयोग गरेका ’नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्दहरू अभिलेखबाट हटाउन भनेका हुन्।
सांसदहरूलाई बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराए।
प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।