शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रधान सेनापतिद्वारा पदोन्नत सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

सोमबार, भाद्र ८ २०८३

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाका उपरथीमा पदोन्नति भएका द्रव्यराम भण्डारी र रञ्जित थापा (पिएचडी)लाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

त्यसैगरी, महासेनानीमा पदोन्नति भएका चारजना प्रमुख सेनानीलाई पनि प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

पदोन्नत सैनिक अधिकृतलाई आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।