शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विराटनगरमा नवजात शिशु फेला, प्रहरीले गर्‍यो उद्धार

सोमबार, भाद्र ८ २०८३

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालय अगाडि नवजात शिशु फेला परेको छ ।

करिब दुई–तीन दिनको शिशु छोरा फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले शिशुको उद्धार गरेको हो ।

प्रहरीले शिशुलाई उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याएको छ । हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

शिशुलाई उक्त स्थानमा कसले र किन छाडेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।