शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

आइतबार, भाद्र ७ २०८३

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाले पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ।

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको ह्विपमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन तथा मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिइएको छ।

मुख्यमन्त्री थापाले सोमबार बागमती प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम उहाँले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न लाग्नुभएको हो।

सोही कार्यसूचीलाई मध्यनजर गर्दै कांग्रेसले आफ्ना प्रदेशसभा सदस्यलाई पार्टीको निर्णयअनुसार मतदान गर्न ह्विप जारी गरेको जनाएको छ।