मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि मुस्ताङबाट काठमाडौँका लागि प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुगेका थिए। उनले शनिबार अपराह्न प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पूजार्चना गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनी सडकमार्ग हुँदै सङ्घीय राजधानी काठमाडौँतर्फ प्रस्थान गरेका हुन् ।