शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

रास्वपाले विधान संशोधन गर्न बनायो १५ सदस्यीय कार्यदल

बिहिबार, भाद्र ४ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधनका लागि १५ सदस्यीय कार्यदल गठन गरेको छ ।

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठन गरिएको कार्यदलमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, राम लामा, टीका सङ्ग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ सदस्य रहेका छन् ।

कार्यदलको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए ।

विधान संशोधनका लागि गठित कार्यदलले संसदीय दलको कामकारबाही तथा संरचनासँग सम्बन्धित विषयमा आवश्यक अध्ययन गरी संशोधनको प्रस्ताव तयार गर्ने जनाइएको छ ।