काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएका छन्। बैठक पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ।
बैठकमा केही पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गरी अनुमोदनका लागि पेस गर्ने तयारी गरिएको छ। रास्वपामा हाल एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनयन गर्न बाँकी छ।
त्यस्तै, २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्यसमेत मनोनयन गर्ने तयारी छ।
बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई जानकारी गराइसकिएको रास्वपाले जनाएको छ।
यसअघि साउन १३ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई वरिष्ठ नेता बनाउने प्रस्ताव पारित गरेको थियो।