बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो

सोमबार, भाद्र १ २०८३

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य गत सोमबारको तुलनामा पनि बढेको छ। गत सोमबार प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य एक सातामा ५ हजार ३ सय रुपैयाँले बढेको हो।

यसैगरी, चाँदीको मूल्य पनि सोमबार बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ रहेको चाँदीको मूल्य आज ६० रुपैयाँले बढेर ४ हजार ७ सय ७० रुपैयाँ पुगेको छ।

गत सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो। एक साताको अवधिमा चाँदीको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ।