काठमाडौँ । धादिङको गजुरी–२ चालिसेमा सडक माथिबाट पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
आज बिहान करिब ५ः४५ बजे सुक्खा पहिरो खसेपछि राजमार्गको दुवैतर्फको यातायात आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ।
पहिरोका कारण सडकमा सवारीसाधन रोकिएका छन्। इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ।
प्रहरीका अनुसार पहिरो हटाउने काम भइरहेको र सडक खुलेपछि यातायात सामान्य रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।